Banner News

लेनिनको फोटो नभएको भन्दै एमाले र माओवादीको संयुक्त सभामा लफडा, लफडा पछि कार्यक्रम सुरु



(वैशाख ९, काठमाडौं) । पार्टी एकताको सन्देश दिन एमाले र माओवादीले आयोजना गरेको संयुक्त सभामा लेनिनको फोटो नराखेको भन्दै लफडा भएको छ ।

दुवै पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमको ब्यानरमा लेनिनको फोटो नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध गरेका हुन् । ।

उक्त ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारी तथा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको मात्रै फोटो थियो । माओवादी कार्यकर्ताले लेनिनको फोटो राख्न माग गर्दै नाराबाजी गरेका छन् ।

कार्यक्रमस्थलबाट बोर्ड हटाइएकोमा माओवादी नेता उर्जामन्त्री वर्षमान पुनले गुनासो व्यक्त गर्दै  भने ‘त्यसरी मञ्चमा राखिएको बोर्ड निकाल्नुहुँदैनथ्यो । त्यहाँ माओवादी नेताहरु नभएकाले एमालेका साथीहरुले बोर्ड निकाल्नुभएछ, ननिकालेको भए हुन्थ्यो । भन्दै लफडा नगर्न समेत आग्रह गरेका थिए ।

एमाले र माओवादी दुबै पार्टीका आआफ्नै ब्यानरहरु राखेर कार्यक्रम अघि बढाउने सहमति भएको छ ।