बैशाख ९,काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीचको एकताको विकल्प नभएको बताउनुभएको छ । वाम एकता संयोजन समितिले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनको अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा एकता अघि केही ‘सेन्टिमेन्टल’ कुरा आउने भएपनि अव एकतावाहेक अर्को बाटो नभएको बताउनुभएको हो ।
पार्टी एकता अन्तिम विन्दुमा पुगेको भन्दै जुत्ता मिलेन भने खुट्टा ताछेर भएपनि मिलाउनुपर्ने बताउनुभयो । ‘अव हामीले अरु कसैलाई दोष लाउने, अर्काको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन । एकतालाई सहज पार्ने बाहेक ठाउँ छैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जुत्ता मिलेन भने खुटा ताछेर भएपनि मिलाउनुपर्छ । हामी यो विन्दुमा पुगेका छौं । देशका अघि हामीले प्रतिवद्धता जनाइसक्यौं, अव त्यो मिलेन, यो मिलेन भन्ने ठाउँ छैन ।’
कम्युनिष्टहरुलाई बिभाजन गरेर सँधै लाभ लिने स्थितिलाई अन्त्य पार्नुपर्छ भन्दै देशको विकास र समृद्धिका लागि एकभएर अघि बढ्ने निर्णय लिइएको भन्दै सानातिना भावनात्मक कुरा ल्याएर त्यसमा अल्झने अवस्था नरहेको बताउनुभयो ।
अव पनि हामी फुट्ने, अनि त्यसको लाभ अर्काले लिने स्थिति हुनुहुँदैन । त्यस्तो हुन दिनुहुँदैन भनेर फैसला गर्यौं, जुट्ने र जुटेर अघि बढ्ने निर्णय गर्यौं । साझा घोषणापत्र, चुनावी तालमेल गरेर एकता गर्ने उदेश्यसहित अघि बढ्यौं’ उहाँले भन्नुभयो,‘आज कार्यक्रम सुरु हुनुअघि पनि दाँतमा ढुंगा लागेको जस्तो भयो । एकतामा यस्ता भावनात्मक कुरा आउँछन । तर हामी त्यस्तामा अल्झेर हुँदैन ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र केपीले नचाहेपनि एकता हुन्छ भन्ने धारणालाई सम्वोधन गर्दै उहाँले केपी र प्रचण्डले नगरे एकता नहुने बताउनुभयो । ‘अघि प्रचण्डजीले प्रचण्ड र केपीले नमाने पनि एकता हुन्छ भन्नुभयो । यहाँसम्म भवितब्यले आएको होइन, टपक्क टिपेर ल्याएको होइन’ अध्यक्ष ओलीले भन्नुभयो,‘हामीेले गरेनौं भने हुँदैन । नगरेको भए हुँदैनथ्यो । अव हामी गर्छौं । नगरिकन हुँदैन ।’
उहाँले बिबाह गर्नुभन्दा पहिला दुलाहा र दुलहीको घरपनि बेग्लै हुने तर बिबाह गरेपछि एउटै हुने भन्दै घरका सबै जनाको उत्तिनै मायाँ लाग्ने बताउनुभयो । ‘बिबाह गर्नुभन्दा अघि एउटै घर हुँदैन । दुलहीको बेग्लै हुन्छ । बिबाह गरेपछि एउटै घर हुन्छ । एउटै घर भएपछि घरको बाछाको, बिरालोको मायाँ लाग्छ’ प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले निकट भविश्यकमा एकता हुने घोषणा गर्दै एकता भएपछि अचम्व लाग्ने बताउनुभयो । ‘निकट भविश्यमा एकता हुन्छ । एकता हुँदैन, हुनुहुँदैन भनेर कसैमा आशाको टुसो पलाउन खोजेको भए बेकार हो । हेर्दाहेदै टुसो बिलाउँछ । त्यसको काम छैन । एकताबिरुद्धका तत्वले एकता हुँदैन भनेर आश नगरे हुन्छ । एकता हुन्छ । असोज १७ गते यही ठाउँमा अचम्वको घोषणा भएकै हो । अव त्यस्तै हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँले विगतमा कसले गल्ती गर्यो भनेर त्यसलाई सम्झेर बस्ने बेला नरहेको बताउनुभयो । ‘अव अगाडि जाने हो, पछाडि फर्कने होइन । जसले जति गल्ती गरोस्, एमालेले गल्ती गर्यो, माओवादीले गल्ती गर्यो भनेर सम्झेर बस्ने होइन । अव पछाडि फर्केर यसो भनेको थियो भन्ने होइन, अव अगाडिका समस्या के हुन, त्यो हेर्ने हो । अव नयाँ ढंगमा अघि बढ्छौं’ ओलीले भन्नुभयो ।
उहाँले अव मुलुकमा मालिक र शासकले होइन, जनताले शासन गर्ने हो भन्दै योजना, नीति र कार्यक्रम बनाउन जनतालाई गोलबद्ध गर्दै अघि बढ्ने बताउनुभयो । ‘कम्युनिष्ट सरकार जनताका लागि बनेको हो । अव पारदर्शिता, सुशासनको बाटोबाट मुलुक अघि बढ्छ । हामी एकताबद्ध भएको यही कारण हो । अधिनायकवादतर्फ जाने होइन’ उहाँले भन्नुभयो,‘अधिनायकवाद सुरुभयो, प्रधानमन्त्रीका बिरुद्ध कोही बोल्नै सक्दैनन्, मिडिया लेख्न डराउँछन् । यसो भन्न कसरी सकेको हो । नेपाली पत्रकाहरुलाई यत्रो अपमान गर्ने आँट कसरी आयो रु प्रेस जगतको यत्रो अपमान गर्ने हिम्मत कसरी भयो रु मान्छेले सिरिअसली लिन्नन र मात्र ।’
प्रधानमन्त्री ओलीले सार्वभौमिकता, स्वाधिनता, स्वतन्त्रता तलमाथि हुन नदिने भन्दै राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्दै देशलाई समृद्ध राष्ट्र बनाउने बताउनुभयो । ‘यो कुनै सम्झौताले बनेको देश होइन, इतिहासको क्रममा विकसित भएको देश हो । इतिहासको क्रममा स्वाधिनता कायम राखेर आएको हो । गौरवान्वित इतिहास कायम राखेर अघि बढेको देश हो’ उहाँले भन्नुभयो,‘यसोगर्दा छिमेकका हित पनि हेछौं, उनीहरुका बिरुद्ध हामी हाम्रो भूमी प्रयोग हुन दिंदैनौं । आतंकवादी वा अनुचित, कालाबजारी, लागुऔषध, मानव तस्कर वा जाली नोटका लागि ठाउँ दिंदैनौं । सुमधुर सम्वन्ध अघि बढाउँछौं ।चक्रपथ
प्रतिक्रिया दिनुहोस्