(बैशाख १०, भक्तपुर) । भक्तफुर जिल्लाको सूर्यविनायक नगरपालिकाले कार्यालय समयमा कुनै पनि कर्मचारीले फेसवुक र युट्युव चलाउन प्रतिवन्ध लगाएको छ ।
एकदेखी अर्को प्रविधिमा फड्को मार्दै आएको सूर्यविनायक नगरपालिकाका प्रवक्त उपेन्द्र केसीका अनुसार कार्यालय समयमा फेसवुक र युट्टुव चलाएमा कानुन अनुसार कारवाही हुने भएको छ । पटक पटक प्रविधिमा विकास गर्दै जाने क्रममा नगरपालिकाले प्रत्येक वडा कार्यालयमा सिसि टिभीको प्रयोग गर्ने भएको छ । सिसि टिभीको साथ साथै कर्मचारीले स्मार्ट हाजिरी समेत शुरु गरेको छ ।
नेपालको आर्थिक पारदर्शीतामा पटक पटक आउने गरेको समस्यालाई समाधान गर्ने उदेश्यका साथ सो नगरपालिकामा एकिकृत सम्पत्ती राजस्व सफटवेयर प्रणाली पनि शुरु गरेको छ । त्यस्तै प्रविधियुक्त वनाउने क्रममा आगामि दिनमा चिठ्ठी पत्र पनि इमेलको माध्यमबाट हुने भएको छ जसका कारण त्यहाँका जनता प्रत्यक्ष रुपमा लावाम्भीत हुने प्रवक्त केसीले जनाएका छन् । उनका अनुसार अहिलेको दुनिया भनेको नै प्रविधिको दुनियाँ हो जसमा अधिकाशं मानिस इन्टरनेटको पहुँचमा भएकाले जनतालाई सेवा सुविधाका हिसावले काम गर्न सहज होस् भनि यो सेवा शुरु गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्