बैशाख ११, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जवजका प्रतिपादक स्व. मदन भण्डारी पार्कको उद्घाटन गर्दै मण्डारीले देखाएको जबजको बाटोवाट नै साम्यवादमा पुगिने ठोकुवा गरेका छन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिकै एमालेका दिवंगत नेता एवम् तत्कालीन महासचिव स्व।मदन भण्डारीको नाममा निर्माण भएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिबद्धता ब्यक्त गर्दै सरकार देश बनाउन प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले बरिष्ठ नेता माधव नेपाल, माओवादी नेता वर्षमान पुन, काठमाडौं महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्य, अग्नी खरेल लगायतका नेता, कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्