राजनीति

कांग्रेसमा १५ सदस्यद्वारा केन्द्रिय कार्यसमिति विगठनको माग : नौ बुँदे लिखित प्रस्ताव पेश (मागपत्र सहित)



बैशाख ११, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा १५ जना युवा नेताहरुले नौ बुँदे लिखित प्रस्ताव पेश गर्दै विधान विपरित गठन भएको केन्द्रिय कार्यसमिति विगठनको माग प्रस्तुत गरेका छन् ।

मंगलबारको केन्द्रीय कार्यसमितिको चुनावी समीक्षा बैठकमा निर्णयाार्थ प्रस्तुत गरिदिन माग गर्दै सभापति शेरबहादुर देउवालाई लिखित प्रस्तावहरु बुझाएका छन् ।

प्रस्तावमा केन्द्रीय सदस्यहरु नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, किरण यादव र सरिता प्रसाईले हस्ताक्षर गरेका छन् ।