बैशाख ११, काठमाडौं । रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी पार्टी एकिकरणवाट उम्कन नसक्ने बताउदै आम नेपलाी जनतालई एकिकरण हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् ।
नेपाल मुस्लिम इत्तेहाद संगठनले मंगलबार आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता बरावरीको आधारमा नभई सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मज्जाले पचाउने बताएका छन् ।
रक्षामन्त्री पोरखेलले भने मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा हुन्छ । उनले भने “हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ त्यसैले साही आधारमा पार्टी एकिकरण हुनुपर्छ र हुन्छ ।
सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्ने बताएका छन् । धर्म तथा संस्कृतिमा सरकारले कसैलार्ई काखा र कसैलाई पाखा गर्ने बताउँदै मन्त्री पोखरेलले सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस्