बैशाख ११, एजेन्सी । प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानी लगायतका प्रमुख शहरहरूमा प्रतिपक्षी समूहको पहलमा भएको प्रदर्शनपछि जनमतको सम्मान गर्दै सोमबार पदबाट ७ दिनमै राजिनामा गरेका छन् ।
प्रधानमन्त्री सार्गस्यानले भने ‘वर्तमान अवस्थामा समस्या समाधानका कैयौं उपाय थिए तर मैले ति कुनै पनि रोज्न चाहिन,’ सार्गस्यानले भने । ‘मैले राष्ट्रप्रमुख तथा प्रधानमन्त्रीको पदबाट विदा लिँदैछु ।’ उनले यही अप्रिल १७ गतेदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया दिनुहोस्