समाचार

सबै सरकारी कारोबार विद्युतीय प्रणालीबाट सुरु



काठमाण्डु, १२ वैशाख । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ ।

बुधबार अर्थमन्त्री डा। युवराज खतिवडाले अर्थ मन्त्रालयमा एक कार्यक्रमका आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य आरम्भ गरिएको पनि स्पष्ट पारे ।

अर्थमन्त्री खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरे । उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे ।

यो सेवा केन्द्र बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । आगामी आर्थिक वर्षभित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको जानकारी गराएका छन् ।