बैशाख १२, पोखरा । प्रदेशसभाको मंगलबारको बैठकमा सत्ता र विपक्षी दलका सांसदहरूबीच नियमापत्तिको विषयमा ‘चर्काचर्की’ हुन पुग्यो ।
विशेष समयमा बोल्दै कांग्रेसका मेखलाल श्रेष्ठले आइतबार काठमाण्डुमा भएको कम्युनिस्ट पार्टीको स्थापना दिवसको प्रसंग कोट्याए । बोल्ने क्रममा उनले नेपाली कम्युनिस्ट पार्टीका नेताको मात्रै तस्बिर देखिएपछि राष्ट्रियता चाहिँदैन हाम्रा महान् नेताको फोटो चाहियो भनेर होहल्ला भएको र ४ घण्टापछि २ विदेशी महाराज, विदेशी नेताको फोटो ल्याइएकोमा के यही हो राष्ट्रियता भन्ने प्रश्न गरे ।
कम्युनिस्ट पार्टीका दुई नेताले भगवान् र ईश्वर तिनै विदेशी नेता हुन् भन्ने अभिव्यक्ति दिएकोमा उनले आक्रोश पोखेका थिए । माओवादी केन्द्रका दीपक कोइरालाले नियमापत्ति गर्दै सार्वभौम सदनमा पार्टीको कार्यक्रममा बोलिएको कुरालाई उठाउन अनावश्यक रहेको बताए ।
लगत्तै एमालेका राजीव पहारीले पनि नियमापत्ति गर्दै कम्युनिस्ट नेता र राष्ट्रिय पार्टीमाथि गम्भीर लान्छना लगाउनु जनताबाट निर्वाचित सांसदका लागि नसुहाउने कुरा भएको बताए । उनले पनि श्रेष्ठले माफी माग्नुपर्ने भन्दै आन्त्मालोचनाको माग गरे ।










प्रतिक्रिया दिनुहोस्