समाचार

समानता, समावेशी र पारदर्शिता मिडियाको पहिलो प्राथमिकता : अध्यक्ष आचार्य



बैशाख १३, काठमाडौं) । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै मिडियामा समानता, समावेशी तथा पारदर्शिता अनिवार्य रुपमा हुनुपर्ने बताएका छन् ।

आज काठमाडौंमा म्याग र सम्झौता नेपालको संयुक्त आयोजनामा भएको ‘मिडियाको स्वःमूल्याङ्कनमा लैङ्गिक समानता र समावेशिकरण’ कार्यक्रमका क्रममा अध्यक्ष आचार्यले कुनै पनि मिडियाले आफ्नो स्वः गाइडलाई आफै बनाउन पाउने भन्दै महासंघले त्यसको निम्ती नमुना गाइडलाई सहयोगार्थ बनाउने क्रममा रहेको बताएका छन् ।

कार्यक्रममा वोल्दै अध्यक्ष आचार्यले पछिल्लो समय मिडियाले पाठकलाई किन्ने गरेकोमा दुःख व्यक्त गरेका छन् । विभिन्न उपहारको नाममा पाठकलाई विभिन्न वहानागत रुपमा किन्नु उपयुक्त नहुने भन्दै राष्ट्र र राष्ट्रियता प्रति सत्य तथ्य र वास्तविकतामा कसैको डर र धम्कीमा नडराई लाग्न आग्रह गरेका छन् । स्वतन्त्रताको पक्षमा कलम चलाउँदा मिडिया कर्मी माथि कसैले नकरात्मक सोकचका साथ आएमा त्यसको निम्ती महासंघ जस्तोसुकै कदम चलाउन पछि नपर्ने वताएका छन् ।

त्यस्तै कार्यक्रममा वोल्दै महासंघका पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारको सुरक्षाको निम्ती सरकारले विशेष कानुनी प्रावधान ल्याउनु पर्ने भन्दै सवतन्त्र पत्रकारिकता, स्वतन्त्र सम्पादकीय नीति, जनशक्तिको नीतिलाई आत्मासाथ गर्दै कसैको लोभ लालचमा नलागि अघि वढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै विष्टले मिडियाले विकृति र भ्रष्टचार विरुद्धमा लाग्नु पहिलो प्राथमिकता भएकोले समाचार र विज्ञापनमा समानता हुनुपर्ने बताएका छन् ।

त्यस्तै अधिवक्ता पूर्णबहादुर कार्कीले नेपालको जुनसुकै मिडियामा महिला सहभागिताको न्युनतम प्रतिशत तोकिनुपर्ने भन्दै सकारात्मक तथा नकरात्मक कुराहरुको लेखाजोखा गरी अघि वढ्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता रामकृष्ण निरहलले सैद्धान्तिक हिसावमा मिडियालाई नियन्त्रण गर्न कसैले पनि नसक्ने बताउँदै वाध्यात्मक नियम नवनाएसम्म समानताको विकास गर्न नसकिने धारणा राखेका छन् ।

त्यस्तै कार्यक्रममा मधेस मिडिया हाउसका अध्यक्ष डा. राजेश अहिराजले समाज भित्रको असमानताका सवालले एक विभेदको अन्त्य गर्दै अर्को नयाँ विभेद आउन सकने भएकाले त्यसलाई समयमा नै सचेत भई कार्य अघि वढाउनु पर्ने धारणा व्यक्त गरेका छन् । त्यस्तै लैङ्गिगक समानताको अन्त्य गर्न समाचारको वर्गिकरण गरी राजनैतिक तथा अन्तरवार्ता जस्ता विटहरु महिला, दलित, अपाङ्ग, मधेसी, आदिवासी जनतालाई पनि जिम्मा लगाउनु पर्ने बताएका छन् । उनले आरक्षणभन्दा प्रतिपर्धाको बाटोबाट अधि वढ्न समेत सुझाव दिएका छन् ।

त्यस्तै रेडियो नेपालकी अनिता विन्दुले मिडियामा महिला, दलित, जनजाती आदिको क्षमता, सहभागिता अभिवृद्धिको निम्ती विभिन्न प्रकारका तालिम तथा गोष्ठिहरु संचालन गर्नुपर्ने धारणा राखेकी छिन् । प्राइभेट कम्पनीहरुमा काम गर्ने कुनै समय सिमा नभएकाले काम गर्न कठिनाई भइरहेको वताउँदै विन्दुले काम गर्ने कर्मचारीलाई निश्चित समय सिमा तोकिनुपर्ने वताएकि छिन् ।

कार्यक्रकमा वोल्दै शरु जोशीले मिडियामा महिला तथा पुरुषको सहभागिता ५०/५० प्रतिशतका दरमा हुनुपर्ने बताएकी छिन् ।

त्यस्तै कार्यक्रम संचालन गर्दै म्यागकी अध्यक्ष वविता वस्नेतले असमानहरु विचका समानता गर्नु झनै ठूलो असमान हुने वताउँदै मिडियाले खेल्ने जुनसुकै कार्यमा महिला तथा पुरुष एक भई अघि वढेमा मात्र असमानताको खाडलको अन्त्य हुने बताएकी छिन् ।