बैशाख १३, काठमाडौँ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आफ्नो विवाहका दिन मृगौला पिडितलाई सहयोग गरेकी छिन्।
विवाहमा लामाले आफ्नो विवाह खर्चबाट कटाएर मृगौला फेल भएका प्रेम बगालेलाई आर्थिक सहयोग गरेकी छन् । लामाले १ लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन् । दुवै मृगौला फेल भएका २५ वर्षीय बगाले हाल वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँग सांसद लामा विवाह बन्धनमा बाँधिएकी हुन् ।
विवाहमा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष वामदेव गौतम, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्