Banner News

सुन तस्करीकाण्डमा पूर्व आईजीपीदेखि नेतासम्म तानिदै



बैशाख १४,काठमाडौ । साँढे ३३ केजी सुन प्रकरणमा लहरो तान्दा पहरो गर्जिने भएको छ । नेपाल प्रहरीका पूर्व प्रमुखदेखि प्रमुख दलका नेताहरु समेत तानिने गरि अनुसन्धान सुरु भएको छ । छानविन समितिले छानबिन अगाडि बढाएसँगै पूर्व प्रहरी प्रमुख प्रकाश अर्याल छानसविनको दायरामा तानिएका छन् । उनस्सँसग आइतबार बयान लिने तयारी छ। प्रहरीकै बहालवाला हाकिमहरु पनि पक्राउ परे । खनालले अपराध नियन्त्रणका लागि काम भइरहेको भन्दै अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरी संगठनभित्रको किरा भएको टिप्पणी गरेका हुन ।

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समिति समक्ष बयान दिने क्रममा एकाएक गृह मन्त्रालयबाटै गायव भएका प्रहरी नायव उपरिक्षक ९डीएसपी० सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् । वैशाख ११ गते साँझ मन्त्रालयमा बयान दिने क्रममा बहाना बनाएर बाहिर निस्केका राउत एकाएक फरार भएका थिए ।

सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । प्रहरी उपरीक्षक विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ लगिएको छ । उनीहरुकै बयानका आधारमा पूर्व प्रहरी प्रमुखसमेत छानविनको दायरमा आउन लागेका हुन् ।

तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको हो । अनुसन्धान टोलीले उनीहरुको साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्ष निकालेको छ । घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् भने २१ जना फरार छन् । ३ जनाको हत्या हत्या भएको छ। नेपालपाटी