बैशाख १४, भक्तपुर । नेपालमा खेलकुदको विकास गर्ने उद्देश्यका साथ नेकपा एमालेका युवा नेता, पूर्व उद्योग मन्त्री तथा सांसद महेश वस्नेतको पहलमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माद्वारा अन्तराष्ट्रिय रंगशालाको कार्य अघि वढाउन आग्रह गरेका छन् ।
आज सूर्यविनायक नगरपालिकाको वडा नं. १० तथा चागुनारायण नगरपालिकाको वडा नं. ८ र ९ को केन्द्रविन्दुमा रहेको भकारीमुलमा मन्त्री विश्वकर्मा, सांसद वस्नेत, मन्त्रालयका सचिव, उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी, सहसचिव (भक्तपुर जिल्ला प्राधिकरणका प्रमुख) नवराज प्याकुरेल, सूनपाका मेयर, उपमेयर, जनप्रतिनिधि तथा अन्य सरोकारवाला संस्था तथा व्यक्तिहरु सहतिको टोलीले गरेको स्थलगत निरिक्षणका क्रममा मन्त्री विश्वकर्माले अन्तराष्ट्रिय रंगशाला निमार्ण गर्नको निम्ती उत्तम ठाउँ, प्राकृतिक मनोरमपूर्ण स्थान रहेकाले अव हेर्ने भन्दा पनि काम गर्ने दिन आएकोले तुरुन्त यसको कार्य अघि वढाउन आग्रह गरेका छन् ।
स्थलगत निरिक्षणका क्रममा सांसद वस्नेतले अध्ययन गरिएको स्थल प्रकृतिले नै रंगशाला निमार्ण गर्न बनाइदिएको जस्तै भएको जसमा रंगशाला निमार्ण गर्नको निम्ती करिव १००० रोपनी वरावरको क्षेत्रफल भन्दा पनि वढी रहेकाले रंगशाला निमार्ण गर्न कुनै समस्या नरहेकाले बताएका छन् । सांसद वस्नेतले नेपालमा खेलकुद क्षेत्रको सम्भावना अत्याधिक रहेकाले खेलकुद क्षेत्रलाई विश्वसामु चिनाउनको निम्ती नेपालमा कुनै पनि रंगशाला नभएकाले यस ठाउँको विकल्प नभएको वताएका छन् ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री विश्वकर्मा तथा सांसद वस्नेत सहितको टोलीले सूनपा दघिकोट ४ चित्रपुरमा सेमिनार हल र कवोर्डहल निमार्णको समेत निररिक्षण गरी सो ठाउँ आवश्यकता तथा उपयुक्त ठाउँ भएकाले निमार्ण कार्य अघि वढाउन मन्त्री विश्वकर्माले आग्रह गरेका छन् ।
सांसद वस्नेतको पहलमा नै यो भन्दा तीन महिना अघि पनि मन्त्रालयका सचिव, सम्बन्धित निकायमा प्रतिनिधि, जनप्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले समेत निरिक्षण गरेको थियो । निरिक्षणका क्रममा कवोर्डहल निमार्ण, राजमार्गको चौडा विस्तार, शुरुङ मार्ग, खाने पानीको विस्तार, स्थानिय वाटोहरुलाई विस्तार गरी यातायात जामलाई न्युनिकरण, करिडोर निमार्ण लगायतका कार्यहरुको निरिक्षण तथा निमार्ण कार्य शूरु भइसकेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्