वैशाख १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यालयमा नेपाल टेलिकमका पदाधिकारीलाई बोलाएर काममा गति नलिने हो भने टायरमात्रै होइन, इञ्जिनसमेत फेरिदिने चेतावनी दिएका छन् ।
टेलिकमकी प्रवन्ध निर्देशक (एमडी) कामिनी राजभण्डारी समेतका अधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले सोधे– ‘टेलीकमको आम्दानी के छ ? समस्या के छ ? जनताले पाइरहेको सेवा के छ ?’ काम राम्रोसित गर्ने हो भने प्रोत्साहित गर्न सरकार तयार रहेको तर ढीलासुस्ती गरेमा कसैलाई पनि छुट नदिइने बताएका छन् ।
बैठकमा कामिनीले नेपाल टेलिकमले आफ्नो कार्यालयवाट ग्राहलाई दिने सेवा सुविधामा कुनै समस्या नआएको वताएकी छिन् । यसवाट आम नेपाली जनतालो के वुझ्ने ? प्रश्न चिन्ह खडा भएको छ । प्रधानमन्त्री ओली सेवा सुविधालाई प्रभावकारी नभएकाले प्रभावकारी वनाउनु पर्यो भन्छन् त टेलिकमकी एमडि चाहि सेवा प्रवाह राम्रो भइरहेको बताउछिन् ।










प्रतिक्रिया दिनुहोस्