समाचार

विद्यार्थी संगठनले ललितपुर महानगर प्रमुखलाई बुझायो ध्यानाकर्षण पत्र (पत्र सहित)



बैशाख १६, ललितपुर । संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरित विद्यालयले चर्को शुल्क लिई आम जनताको ढाड सेक्ने काम गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले आज ललितपुर महानगरपालिकाका प्रमुख चिरबाबु महर्जनलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्ष गराउने पाँच विद्यार्थी संगठनहरुमा अनेरास्ववियु, नेविसंघ, क्रान्तिकारी, अखिल छौठौं, नेक्राविस रहेका छन् । सो कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय कोषाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा भएको हो ।

ध्यानाकर्षण पत्र वुझ्दै महानगरपालिकाका प्रमुख महर्जनले आफु र महानगरपालिका निर्देशिकाको अक्षरस पालना गर्न र गराउन प्रतिवद्ध रहेको बताएका छन् । प्रमुख महर्जनका अनुसार मापदण्ड निर्देशिका २०७२ अनुसार अघि वढ्नको निम्ती महानगरपालिकामा सल्लाहकार कमिटि गठन गरिएको र सो कमिटिले कार्यलाई निरन्तरता दिइरहेकोले अवको छिट्टै यो समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । महानगर प्रमुख महर्जनका अनुसार निजी विद्यालयल शुल्क वृद्धि गर्न अनुरोध गरे पनि आफुले त्यसलाई अस्वीकार गरेको बताएका छन् । त्यस्तै अवका दिनमा विद्यार्थी संगठनहरुको साथ र सहयोगका साथ अघि वढ्ने र यस्ता कुनै पनि कानुन विपरित भएका कार्यहरु मान्य नहुने र यदि कसैले गरेमा त्यसलाई कानुनी दायरामा ल्याउने वताएका छन् ।

ध्यानाकर्षण पत्र