बैशाख १६, काठमाडौं । माध्यमिक तहको लाइसेन्स हुने शिक्षकले कक्षा ११ र १२ पढाउन नपाउने शिक्षा आयोगले जनाएको छ ।
शिक्षा नियमावालीले कक्षा ९ देखि १२ लाई माध्यामिक तह बनाए पनि कक्षा ११ र १२ पढाउनका लागि छुट्टै लाइसेन्सको व्यवस्था गरेको छ ।
सम्बन्धित विषयमा स्नातकोत्तर पास गरेका शिक्षकले मात्रै कक्षा ११ र १२ पढाउन पाउने छन् ।
कक्षा ११ र १२ मा पढाउने शिक्षकको संख्या देशभर गरी करिब २० हजार रहेका छन् । प्लस टु का लागि जम्मा २ हजार स्थायी दरबन्दी र करिब ७ हजार राहत शिक्षक कार्यरत रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्