बैशाख १६, संखुवासभा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेको अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा बम विस्फोट गराएको छ ।
संखुवासभाको खाँदबारी ९ स्थित तुम्लिङटारमा रहेको कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे बम विस्फोट भएको र त्यसबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको जनाएको छ ।
‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले विस्फोटबारे जानकारी गराउँदै भने विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाएइको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोविन्द गौतमले रगत बगाएको क्षेत्रमा पुनः भारतीय हस्तक्षेप संयुक्त सर्वे टोलीले विवाद समाधान गर्ने पुनर्वास सीमाक्षेत्रमा विद्युतीय तार जडानमा अवरोध गरेको विषयलाई लिएर उत्पन्न विवाद नेपाल–भारत संयुक्त सर्भे टोलीले हल गर्ने सहमति भएको छ । जंगली जनावर गाउँ पस्न नदिनका लागि गत बिहीबार कञ्चनपुर पुनर्वास नगरपालिका–९ बिचफाँटाका स्थानीवासीले विद्युतीय तारबार लगाइरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले हस्तक्षेप गर्दै काम रोकेपछि विवाद उत्पन्न भएको थियो ।
उक्त विवाद नेपाल–भारत संयुक्त सर्वे टोलीले समाधान गर्ने विषयमा नेपाल–भारतका स्थानीय अधिकारीबीच सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । सर्वे टोली विगत केही मिहनायता कञ्चनपुर÷कैलालीकै सीमा क्षेत्रमा खटिएको छ । ‘अहिले संयुक्त सर्भे टिम कैलालीको सीमा क्षेत्रमा काम गरिरहेको छ,’ प्रजिअ खड्काले भने, ‘पुनर्वासको विवादको विषय टुंग्याउन सर्भे टोलीलाई निर्देशन भइसकेको छ ।’
भारतीय दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावर नियन्त्रण गर्न बिचफाँटामा यसअघि करीब दुई हजार ९०० मिटर तार जडान गरिसकिएको छ । ‘यसअघि दुवै देशबीच भएको मौखिक सहमतिअनुसार तारबार लगाइएको रहेछ,’ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले भने, ‘अब ३०० मिटर मात्रै बाँकी रहेका बेला एसएसबीले तारबार गर्ने ठाउँ नेपाल–भारत दशगजामा पर्ने दाबीसहित रोकेको छ ।’ तर बिचफाँटाका स्थानीयले यसअघि पनि पटकपटक भारतीय पक्षबाट सीमा अतिक्रमण हुँदै आएको दाबी गर्दै भारतको दाबी गलत भएको बताउँदै आएका छन् ।
स्थानीयका अनुसार नेपाल–भारत सीमा स्तम्भ १९१ देखि १९४ सम्म नेपाली पक्षले आफ्नै भू–भागमा लगाउँदै आएका थिए । सोही क्षेत्रमा रहेको प्यारातालको विषय पनि लामो समयदेखि विवादित रहँदै आएको छ । दुधुवा राष्ट्रिय निकुञ्जबाट हरेक वर्ष जंगली जनावर नेपाल प्रवेश गरेर धनजनको ठूलो क्षति पुर्याउँदै आएका छन् । एसएसबीको ३९ औँ बटालियनअन्तर्गत घोला क्याम्पबाट आएका भारतीय सीमा सुरक्षा बलको टोलीले नेपाली पक्षले लगाएको तारबार निकालेर फालेपछि केहीबेर भनाभन भएको थियो । उक्त बटालियनको टोली भर्खरै त्यहाँ आएको नयाँ टोली रहेको समेत बुझिएको छ । वडा कार्यालयबाट समेत रु छ लाख रकम तारबारका लागि विनियोजन गरिएको छ । गत वर्ष पुनर्वास नगरपालिकामै कल्भर्ट निर्माणको विषयलार्इ लिएर सीमा विवाद हुँदा भारतीय सुरक्षाकर्मीको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए । (रासस)
प्रतिक्रिया दिनुहोस्