बैशाख १७, इलाम । पूर्वसभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या नआएको बताएका छन् ।
गृह जिल्ला इलाम आइपुगेका नेम्वाङले सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकतापछि समस्या नआओस् भनेर दुई अध्यक्ष छलफलमा रहेको र अब झ्याप्पै पार्टी एकता हुने दाबी गरे । ‘एमाले–माओवादी एकता प्रक्रियामा कुनै समस्या आएको छैन,’ उनले भने, ‘एकतापछि पार्टी सञ्चालनमा समस्या नहोस् भनेर दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको छ । छिट्टै दुई पार्टी एकता हुन्छ ।’ त्यस्तै इलामको सुकिलुम्बा फाल्गुनन्द एयरपोर्टमा दश दिनभित्रमा टेष्ट फ्लाइट हुने बताएका छन् ।
नेम्वाङले निरन्तर वार्तामा बसेर पार्टी एकताको घोषणा गर्ने तयारीमा दुई अध्यक्ष जुटेको भन्दै एकतामा आशंका नगर्न आग्रह गरे । नेपालको संविधान छोटो समयमा सर्वस्वीकार्य भएको जिकिर गर्दै उनले समृद्धिको यात्रामा वाम सरकार अघि बढेको दाबी गरे ।










प्रतिक्रिया दिनुहोस्