बैशाख १७, काठमाडौं । नेकपामा ओवादी केन्द्रका नेता एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले कोट, पाइन्ट सिलाइ सकियो अब आइरन गर्न बाँकी छ, या भनौं फर्निचर बनाइसकियो अब रंगरोगन गर्न मात्र वाँकी रहेको वताएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने, ‘पार्टी एकता हुन्छ, म ढुक्क हुन सबैलाई आग्रह गर्छु, पार्टी एकता त जनताले अनुमोदन गरिसकेका छन्, अब यसबाट दायाँबायाँ हुने नैतिक धरातल केपी ओली र प्रचण्ड दुवैलाई छैन, एकताबाट भाग्ने छुट छैन ।’ एकताबारे दुवै अध्यक्ष ओली र प्रचण्डबीच गम्भीर वार्ता भइरहेको छ ।’ उनले यही वैशाखभित्रै पार्टी एकता हुने स्पष्ट पारेका छन् ।
पौडेलले एकता महाधिवेशनन हुञ्जेल अध्यक्ष, प्रधानमन्त्रीदेखि सबैमा आलोपालो नेतृत्व हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्