बैशाख १८, एजेन्सी । चीनमा जहाजमा उकुसमुकुस भएपछि ताजा हावा खान इमर्जेन्सी ढोका खोल्ने एक यात्रु पक्राउ परेका छन् ।
जहाजमा रहेका बेला उनलाई ताजा हावा खान मन लाग्यो । त्यसपछि उनले अकस्मात इमर्जेन्सी एक्जिटको ढोकाको ह्याण्डल ताने ।
उनले भनेका छन् ‘एकदमै उकुसमुकुस भइरहेको थियो, जहाज धेरै तातो थियो । मैले नजिकै रहेको ह्याण्डल धकेलेर झ्याल खोल्न खोजेँ, धकेलेँ, तर ढोका खुल्यो, म डराएँ ।’
त्यसपछि जहाजको चालकदलले प्रहरीलाई खबर गरे । चेनलाई प्रहरीले अधिकार नभएको सुविधा प्रयोग गरेको आरोपमा १५ दिनका लागि थुनामा राखेको छ । उनलाई ७० हजार युआन वा ११ हजार अमेरिकी डलर जरिवाना लाग्ने सम्भावनासमेत छ ।
प्रतिक्रिया दिनुहोस्