रोचक

हावा खान प्यासेन्जरले प्लेनको ढोका खोले



बैशाख १८, एजेन्सी । चीनमा जहाजमा उकुसमुकुस भएपछि ताजा हावा खान इमर्जेन्सी ढोका खोल्ने एक यात्रु पक्राउ परेका छन् ।

जहाजमा रहेका बेला उनलाई ताजा हावा खान मन लाग्यो । त्यसपछि उनले अकस्मात इमर्जेन्सी एक्जिटको ढोकाको ह्याण्डल ताने ।

उनले भनेका छन् ‘एकदमै उकुसमुकुस भइरहेको थियो, जहाज धेरै तातो थियो । मैले नजिकै रहेको ह्याण्डल धकेलेर झ्याल खोल्न खोजेँ,  धकेलेँ, तर ढोका खुल्यो, म डराएँ ।’

त्यसपछि जहाजको चालकदलले प्रहरीलाई खबर गरे । चेनलाई प्रहरीले अधिकार नभएको सुविधा प्रयोग गरेको आरोपमा १५ दिनका लागि थुनामा राखेको छ । उनलाई ७० हजार युआन वा ११ हजार अमेरिकी डलर जरिवाना लाग्ने सम्भावनासमेत छ ।