शैक्षिक

अध्यक्ष दाहालद्वारा पार्टी एकताका लागि अर्को मिति घोषणा



बैशाख १८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका माक्र्सको दुई सयौं वार्षिकी मे ५ अर्थात वैशाख २२ गते हुने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले काल माक्र्सको दुई सयौं वार्षिकीको अवसरमा एमाले र माओवादी केन्द्रबीच एकता टुंग्याएर एकीकृत कम्यूनिष्ट पार्टी घोषणा गरिने बताएका छन् ।

दुई पार्टी विच जनयुद्ध, चुनाव चिन्ह र केन्द्रीय समितिमा प्रतिनिधित्वको अनुपातमा सहमति नहुँदा त्यो मिति गुज्रिएको हो । दुई दलबीच अझै विवादित तीन वटै विषयमा सहमति भएको छैन ।

यसअघि लेनिन जयन्ती एवं नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बैशाख ९ गते एकता हुने भनिएको थियो ।