बैशाख १९, काठमाडौं । लामो समय सम्म पार्टी एकिकरणलाई अन्तिम रप दिन नसकिरहेको एमालेले स्थायी कमिटी र माओवादी केन्द्रले सचिवालयको वैठक वोलाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा साँझ बोलाइएको बैठकमा अहिलेसम्मका प्रगति र समस्याका बारेमा छलफल हुने बताइएको छ । पार्टी एकताबारे ठोस धारणा बनाउन एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
यस्तै माओवादी केन्द्रले आफ्नो सचिवालय बैठक बोलाएको छ । बैठकमा पार्टी एकता प्रक्रियामा लचकता र अडानका बारेमा छलफल केन्द्रित रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टी एकता प्रक्रिया अन्योल देखिएपछि एमाले र माओवादी केन्द्रले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । दुवै पार्टीको स्थायी कमिटि र सचिवालयको वैठक पश्चात भोलि दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ ।










प्रतिक्रिया दिनुहोस्