समाचार

खेलाडी मालाकारको हृदयाघातका कारण निधन



बैशाख २०, काठमाडौं । बुद्धिचालका राष्ट्रिय खेलाडी प्रचण्डमान मालाकारको मंगलबार राति हृदयाघातका कारण निधन भएको छ ।

राति १ बजे असजिलो महसुस भएपछि अस्पताल जान ट्याक्सी आफैंले बोलाएको र ट्याक्सी चढ्ने बेला मूर्छित भएर उनी ढलेका थिए । तत्कालै ग्रान्डी अस्पताल पुर्‍याइए पनि उनले उपचार पाउन भ्याएनन् ।

काठमाडौं जिल्ला बुद्धिचाल संघमा दुई कार्यकाल अध्यक्ष भएका मालाकार ३० वर्षयता बुद्धिचाल खेलसँग आबद्ध थिए । ५४ वर्षीय मालाकार धापासीमा बस्दै आएका थिए ।

४० औ चेस ओलम्पियाड, रुस र ४१ औं चेस ओलम्पियाड, टर्कीमा सहभागिता जनाएका उनी दुईपल्ट राष्ट्रिय प्रतियोगितामा तेस्रो भएका थिए ।

उनका श्रीमती र ७ वर्षीय छोरा रहेका छन् ।