समाचार

सूर्यविनायक नगरपालिकाले गर्यो सचिवको सरुवा : काममा पारदर्शिता ल्याउने



बैशाख २०, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिकाका सम्पूर्ण वडा सचिवहरुलाई सरुवा गरेसँगै काममा पारदर्शिता आउने बताइएको छ ।

निर्वाचन भएको एक वर्ष पुग्न लाग्दा सचिवहरुको व्यापक सरुवा गर्नुलाई एक अर्थपूर्ण रुपमा हेरिएको छ । सूनपा नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीका अनुसार जागीर खान शुरु गरेदेखि सोहि स्थानमा कार्यरत भएको र त्यसलाई व्यवस्थित तथा प्रभावकारी वनाउन सचिवहरुको लागि सरुवा गरीएको हो । अधिकाशं २०५६ सालदेखि कार्यरत रहेका कारण परिवर्तन गर्नु परेको प्रवक्ता केसीले जनाएका छन् ।

सरुवा भएका सचिवहरुमा वडा नं. १ मा बालकृष्ण काँसुला, २ मा सृमल जोन्छे, ३ मा सोभा गैडा, ४ मा राम श्रेष्ठ, ५ मा अच्युतम खत्री, ६ मा मनोज खतिवडा, ७ मा कुमार राउत, ८ मा निश्चल खड्का, ९ मा मोहन गिरी र १० मा सूर्य धैबन्जार रहेका छन् ।