शैक्षिक

यातायात व्यवसायिको वन्द : प्रभाव सामान्य



बैशाख २१, काठमाडौं । यातायता क्षेत्रमा सिण्डिकेट नै हुनुपर्छ भन्दै यातायात व्यवसायिले गरेको यातायात वन्दका कारण जनतालाई सास्ती भएको छ भने वन्दका् प्रभाव सामान्य रहेको छ ।

वन्दका कारण विच वाटोमा यात्रुहरु अवपत्र भएका छन् । कम्पनीमा दर्ता भएका सवारी साधनहरु सञ्चालनमा रहेता पनि ति सवारी साधनहरु आवश्यकता अनुसारको रुढमा चल्न नसक्दा जनताले दुःख पाएका हुन । वन्दका कारण अहिलेसम्म कुनै अप्रीय घटना घटेको छैन ।

बन्दको अवज्ञा गर्दै मयुर, साझा, वागमती, महानगर, मालवहाक ट्रक, ट्याम्पो, प्राइभेट गाडी, मोटरसाइकल लगायतका सवारी साधनहरु निर्वाद रुपमा सञ्चालन भइरहेका छन् ।

यता वन्दकर्ताहरु नै दुई भागमा विभाजन भएका कारण पनि वन्द कडा रुपमा हुन सकेको छैन । वन्द कडा रुपमा नभएता पनि कयौं सर्वसाधारणहरु गन्तव्यमा पुग्न नपाएर चिन्तीत भएका छन् । कतिपय ठाउँमा कम्पनीमा दर्ता भएका सवारी साधनहरु नचल्ने भएका कारण ती रुढहरुमा भने सडक खेल मैदान जस्तै खुल्ला भएको छ ।

यसवाट के प्रष्ट वुझ्न सकिन्छ भने सरकारले कडाइका साथ यसलाई कार्यान्वयनमा ल्याएमा यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य हुन्छ । तर आजको वन्दलाई हेर्ने हो भने सरकारको तयारी पुरा भएको जस्तो भने देखिदैन । यात्रु सडकमा यातायातको प्रतिक्षामा रहेका छन् तर यातायातको साधनहरु आवश्यक रुढमा चलाउन नसक्नु सरकारको कमजोरीको रुपमा लिन सकिन्छ ।