बैशाख २१, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका केन्द्रिय महासचिव ऐन महरले यातायात व्यवसायिको दादागिरिको विरुद्धमा अनेरास्ववियु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको वताएका छन् ।
आज एक विज्ञप्ती जारी गर्दै महासचिव महरले लिफ्ट लिऔं, लिफ्ट दिऔं भन्ने मान्यतालाई आत्मासाथ गर्दै आम नेपाली जनताको साथमा रहने वताएका छन् । त्यस्तै यातायात व्यवसायिको दादागिरीको विरुद्धमा सम्पूर्ण युवा तथा विद्यार्थीहरु लाग्न समेत आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्