समाचार

आज विप्लवको नेपाल बन्द : देशभर प्रभाव सामान्य



बैशाख २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लप) नेतृत्वले आज बन्द आब्हान गरे पनि बन्दको असर सामान्य रहेको छ ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै शनिबार नेपाल बन्दको आब्हान गरेको हो ।

बन्द कार्यक्रमलाई सफल बनाइदिन पार्टीले सबैलाई आग्रह गरेपनि बिहानैदेखि देशैभर सवारीहरु चलेपनि लामो दुरीका यातायातमा भने समान्य प्रभाव परेको देखिन्छ । उपत्यका लगायतका देशका मुख्य मुख्य शहरहरुमा निर्वाद रुपमा यातायात संचालन भईरहेका छन् । त्यस्तै देशका अधिकाशं स्थानमा वन्दको प्रभाव खासै परेको छैन ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,“विचार राख्ने सभाजुलसु गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ भने भष्ट्राचारी, कालोबजारी र राष्ट्रघातीहरुलाई संरक्षण गरिरहेको छ” ।