शैक्षिक

मन्त्री महाशेठद्वारा सात ऐतिहासिक कार्य



बैशाख २३, काठमाडौं । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले छोटो समयमा नै सात वटा ऐतिकासिक कार्य गरी आम नेपाली जनताको मनमुटुमा वस्न सफल भएका छन् ।

जनमुखी कार्य गर्ने मध्येमा नेपालका कमै व्यक्तिहरु मध्येमा रहेका मन्त्री महासेठले देश र जनताको कार्य गरी देश विकासको गतिलाई अगाडी वढाउने कार्यको शुरुवातमा नै उनले सात वटा जनमुखी कार्यहरु गरेका छन् । ति कार्यहरु :

१. नेपालमा भएको सदियौदेखिको सिण्डिकेटको अन्त्य ।
२. यातायात व्यवसायिहरुको वैंक खाता रोक्का ।
३. यातायातका पदाधिकारीहरुको सम्पत्ती छानविन गर्ने ।
४. वसपार्कबाट समितिका काउन्टरहरु हटाउनु ।
५. एउटा गाडी मात्र पनि कम्पनीमा दर्ता गर्न पाउने ।
६. रुट परमिटमा अवरोध गरे कम्पनी खारेज हुने ।
७. मयुर यातायात ले सिन्डेकेट तोड्ने प्रयास गरेपछि यातायात मन्त्रालयद्वारा उसलाई रुट प्रमिट जारि त्यसपछि बनेपामा आन्दोलन चर्किदा यातायात मन्त्रालयद्वारा गृहमन्त्रालयसङ्ग समन्वयन गर्ने प्रस्ताब पछि गृहमन्त्रालय द्वारा प्रहरि परिचालन गरिएको ।