राजनीति

मोदीको नेपाल भ्रमणमा रावलको प्रश्न : नेपालको विदेश नीति केन्द्रले हेर्ने कि प्रदेशले ?



बैशाख २३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष, पूर्व रक्षामन्त्री तथा नेता भिम रावलले विदेशि नीति र सरकारी कामकाजको भाषा नेपाली हुने संविधानमा स्पष्ट रुपमा तोकेको भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दनमा नेपाली वा अग्रेजी भाषाको मात्र प्रयोग गर्नुपर्ने बताएका छन् ।

नेता रावलले आफ्नो सामाजिक संजालमा ट्विट गर्दै मोदीलाई प्रदेश नम्बर दुईको राजधानी जनकपुरले स्वागत गर्ने भव्य तयारी गरिरहँदा रावलले नेपालको विदेश नीति केन्द्रले हेर्ने वा प्रदेशले हेर्ने भन्दै प्रश्न उठाएका हुन् ।

आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्ने समाचारमा उल्लेख थियो । सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन वाचन गरिने पनि बताइएको थियो ।

यसमा प्रतिक्रिया जनाउँदै पूर्व गृहत था रक्षामन्त्रीसमेत रहेका नेता रावलले समाजिक सञ्जालमा लेखेका छन्,

भारतीय प्रमको जनकपुर भ्रमणका बेला दिइने अभिनन्दनपत्र चार भाषामा हुने भन्ने समाचार सत्य हो भने त्यो नेपालको बिदेश समबंध केन्द्रले हेर्ने र सरकारी कामकाजको भाषा नेपाली हुने संविधानको प्रावधान विपरीत छ । या अंग्रेजीमा हुनुपथ्र्यो । देशलाई भाषामा विभाजित किन देखाऊनु पर्ने रु’