राजनीति

संयोजन समितिको वैठकले एकतालाई टुङ्गोमा पुर्याउँछ : अध्यक्ष प्रचण्ड



बैशाख २४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अव वस्ने पार्टी एकता संयोजन समितिको वैठकले एमाले माओवादी पार्टी एकतालाई टुङ्गोमा पुर्याउने बताएका छन् ।

सोमबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई टुंगोमा पु¥याउन केही दिनभित्र संयोजन समिति बैठक बस्ने जानकारी दिएका हुन् । अध्यक्ष दाहालले पार्टी एकतालाई टुंगोमा पु¥याउँने विषयमा दुई अध्यक्षहरु विचमा भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको पनि बताएका थिए ।

बैठकमा सांसदहरुले पार्टीको घोषणा पत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको गम्भिर ध्यानकर्षण गराएका थिए । बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ ।

भोलि विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष दाहालले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने कार्यसूचि तय गरिएको पनि पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिएका छन् ।