रोचक

दिनमा दुईपटक हराउँने सडक



बैशाख २५, एजेन्सी । फ्रान्सको नोइरमोटियर क्षेत्रसँग जोड्ने पेसेज डु गोइस भन्ने सडक समुद्रको तटीय क्षेत्रमा छ ।

दिनमा दुईपटक देखिने र दुईपटक हराउने यो सडक हराएको बेला १३ फिट गहिरो पानीमुनि लुक्दछ ।

दिनमा दुईपटक समुद्री छाल आउँदा सडकलाई समुद्रको पानीले डुबाउँदछ । पानीले डुबेको बेलामा सडक पानीको सतहभन्दा १३ फिट तल पर्दछ । जब सामुद्रिक ज्वारभाटा शान्त हुन्छ तब पानी तटीय क्षेत्रबाट समुद्रतर्फ फर्किएपछि यो सडक देखा पर्न थाल्दछ ।

समुद्रसँग लुकामारी खेल्ने यो सडकको यात्रा रोमाञ्चक छ, र उत्तिनै खतरनाक पनि हुन्छ । यद्यपि पर्यटकहरुका लागि यो आकर्षणको केन्द्र बनेको छ ।