राजनीति

पूर्व प्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको छलफल



बैशाख २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता रहेको  थियो ।