बैशाख २५, काठमाडौं । नागरिकताको अधिकारको लागि नागरिक समाजको सञ्जालद्वारा गृहमन्त्री रामवहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै नागरिकता सम्बन्धि संविधान अनुरुप नागरिकता सम्बन्धि ऐन तथा नियमावलीको निमार्ण वा परिमार्जन एवं संशोधन गर्नको निम्ती आवश्यक पहल गरिदिन आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझ्दै गहृमन्त्री रामबहादुर थापाले आफु र आफ्नो मातहतको मन्त्रालयले आवश्यक पहल कदमी गर्ने आश्वासन दिएका छन् ।
आज सञ्जालद्वारा गृहमन्त्रालयमा बुझाएको ज्ञापन पत्रमा भनिएको छ ‘नेपालको संविधानले प्रत्याभुत गरेको महिलाको वंशिय हक सुरक्षित गरी सम्मान पूर्वक वाच्न पाउने मौलिक हकको कार्यान्वयन तथा कानुनी पहिचानको हक सुरक्षित गरि कुनै कुनै पनि व्यक्तिको अनागरिक हुने अवस्थाको सिर्जना हुन नदिनको लागि संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनको लागि अविलम्ब कानुन निर्माण गर्न आवश्यक देखिएको छ । यस सन्दर्भमा नागरिकता सम्बन्धी कानुन निमार्ण गर्न देहाय वमोजिमका पहल गर्न गराउनहुन हार्दिक अनुरोध गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस्