समाचार

मोदीको स्वागतका लागि बनाइएको स्वागतद्वार र मञ्च भत्कियो



बैशाख २६, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि जनकपुरमा बनाइएको स्वागतद्वार र मञ्च बुधबार विहान वर्षासँगै आएको हावाहुरीले भत्किएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले स्वागतद्वार र मञ्च बनाउने कामलाई तीव्रता दिएको छ । मोदीको अभिनन्दन हुने रंगभूमी बाह्र बिगाह मैदानमा पानी जमेको छ । जानकी मन्दिर देखि बाह्र विघा मैदान सम्मको सडक खण्डमा समेत हिलाम्य बनेको छ ।

दुई साता यता मोदीको स्वागतकालागि २४ घण्टा मजदुर परिचालन गरेर रंगभूमि मैदान सरसफाइ, रंगरोगन, पण्डाल निर्माण भइरहेको छ ।