बैशाख २६, मोरङ । विराटनगर २ स्थित सुलभ समाधान प्रालिले सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने सुरु गरेको छ ।
प्रदेशमा रहेका महिलालाई विदेशमा रोजगारीका लागि नारकीय जीवन बिताउनुको सट्टा स्वदेशमै बसेर सम्मानित र मर्यादित रोजगारी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको हो ।
खाना पकाउने, शिक्षक, स्वास्थ्यसयमसेविका, अस्पतालमा बिरामी कुरुवा, धर्मशाला, देवायल, अस्पताल सफा कार्य गर्ने, महिला चालक, भान्सा, चियानास्ता, शिशु आदि कार्यका दक्ष कामदार उपलब्ध गराउने संस्थाको उद्देश्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्