शैक्षिक

विपद व्यवस्थापन कोषमा रकम निकासा गर्ने मन्त्रीपरिषदको निर्णय (अरु केके?)



बैशाख २६, काठमाडौं । आज वसेको मन्त्रीपरिषदको निर्णले प्रधानमन्त्री राहत कोषबाट गृहमन्त्रालयको विपद व्यवस्थापन कोषमा एक अर्व रुपैया निकास दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिभिन्न मन्त्रालयका मन्त्रीहरू मुख्य सचिब लोकदर्शन रेग्मी लगायतको उपस्थितिमा प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको । उक्त बैठकले गरेका निर्णयहरू निम्नानुसार रहेका छन् :

१. तराईका जिल्लाहरु खासगरि धनुषा, महोत्तरी, सिराहमा आएको भीषण आँधिबेहरीले पारेको जनधनको क्षति मन्त्रिपरिषदले प्रती गहिरो दुख प्रकट गर्दै प्राकृतिक प्रकोप पीडितहरुलाइ तत्काल आवास ब्यावस्थापनको लागि दुई बन्डल जस्ता पाता उपलब्ध गराउने र पीडित मृतकका परिवारलाइ एक लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।

२. गत असार साउनमा आएको बाढीबाट र केही समय अघि आएको असिनाबाट प्रभावितका लागि तोकिएको राहत उपलब्ध गराउने ब्यवस्था गृहमन्त्रालयले मिलाउने र यसका लागि प्रधानमन्त्री राहत कोषबाट गृहमन्त्रालयको बिपत ब्यवस्थापन कोषमा १ अर्ब रुपैया निकासा दिने निर्णय गरेको । उक्त रकम जिल्ला प्रशासन कार्यालय मार्फत पिडित परिवारकोमा जानेछ ।

३. सार्बजनिक खर्च मितब्यीता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नितिगत मार्गदर्शन २०७५ लाई स्वीकृत गर्ने निर्णय गरेको । अनुपदाक क्षेत्रको खर्चलाइ कटौती गर्ने निर्णय गरेको छ ।