बैशाख २७, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकिय भ्रमणका क्रममा भोली नेपाल आउने विषयमा राष्ट्रियसभा सदस्यहरुले मोदीको भ्रमणमा सुरक्षा र सिमाको वारेमा स्पष्ट धारणा प्रस्तुत गरी दिगो समस्या समधानको वाटो अपनाउन अग्रह गरेका छन् ।
विहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
त्यस्तै तारादेवी भट्टले कंञ्चनपुरको पुर्नवास नगरपालिका भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरिन् ।
सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । उनले मुगुको विकासमा ध्यान दिन पनि माग गरे ।










प्रतिक्रिया दिनुहोस्