बैशाख २७, ललितपुर । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काननु भन्दा माथि कोहि नभएकाले कानुनले गल्ती गर्नेलाई नछोड्ने बताएका छन् ।
महिला, कानुन र विकास मञ्चले आयोजना गरेको संविधान अनुरुप व्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनमा समाहित गर्नुपर्ने विषयक छलफल कार्यक्रममा वोल्दै मन्त्री पण्डितले कुनै पनि कार्यमा गल्ती गर्नेलाई कानुनको दायिरामा ल्याई कानुन अनुसार दण्ड र सजाय गर्नुपर्ने बताएका छन् । पछिल्लो समय नेपालमा कानुनलाई अल्मल्याउने प्रकारका घटनाहरु वृद्धि हुने गरेको र आगमी दिनमा त्यस्तै गैर कानुनी रुपमा रहेका कार्यहरुलाई अन्त्य गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा वोल्दै राष्ट्रिय पंजिकाधिकारी कार्यालयका निर्देशक केशव पण्डितले ऐन तथा कानुनमा समस्या भएकाले आवश्यकता अनुसार सो सम्बन्धी कार्यलाई गति दिन नसकिएको वताउँदै यसलाई समय सान्दर्भिक बनाउनु पर्नेमा जोड दिएका छन् । त्यस्तै निर्देशक पण्डितले व्यक्तिगत घटनाको दर्ता आधुनिक तरिकाबाट गर्ने कार्य शुरु भएको बताएका छन् ।
त्यस्तै कार्यक्रममा वोल्दै आयोजक संस्थाका निर्देशक सविन श्रेष्ठले व्यक्तिगत घटना दर्ता मौलिक हक भएकाले ऐन तथा कानुन बनाएर नै जानुपर्नेमा जसका निम्ती व्यक्तिगत घटना दर्ता सात दिन भित्रमा भइसक्नु पर्नेमा जोड दिएका छन् । कुनै पनि मानिस अधिकारबाट वञ्चित भएमा तयसलाई कानुनी उपचारको बाटो हुनेपर्ने बताउँदै निर्देशक श्रेष्ठले नेपालमा जन्म भएका जो सुकै व्यक्तिका जन्मदर्ता हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा वोल्दै कार्यक्रमको संयोजक मिरा ढुङ्गानाले कानुनलाई व्यवहारिक रुपमा लागु गर्नुपर्नेमा जोड दिएकि छिन् ।
प्रतिक्रिया दिनुहोस्