राजनीति

देश विकासमा समाजवाद लक्षित बजेट ल्याउन पर्छ : संयोजक भट्टराई



बैशाख २७, काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रिबजेटमाथि संघीय संसदमा पहिलो सम्बोधन गर्दै आगामी बजेटमा भौतिक पूर्वाधार तथा सामाजिक पूर्वाधार विकासमा मुख्य जोड दिएर बजेट ल्याउन पर्नेमा जोड दिएका छन् ।

बुधबार अर्थमन्त्री डा। यूवराज खतिवडाले प्रस्तुत गरेको प्रिबजेटमाथि बोल्दै संयोजक भट्टराईले भने भौतिक पूर्वाधार रेल, सडक, जलमार्ग, जलविद्युत र एयरपोर्ट निर्माणमा जोड दिन आग्रह गरे । उनले पूर्वपश्चिम रेलमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पोखरा अन्र्तराष्ट्रिय विमानस्थल तथा जलबिद्युत आयोजनाहरु निमार्णलाई प्राथमिकता दिन आग्रह गरे । उनले देशलाई समाजबादउन्मुख लैजाने बजेट भएकाले यो खास अवस्थामा पेश गर्न लागिएको बजेट भएकाले कुन कुरामा बढी ध्यान दिने भन्नेमा प्राथमिकता नदिएको समेत वताएका छन् ।

यस्तै उनले भने–‘प्राविधिक जनशक्ति बिना देश बन्दैन, पूर्वाधार पछि शिक्षालाई जोड दिनुपर्छ । यसले नै देशलाई समृद्धीतर्फ लैजान्छ ।’ यस्तै पर्यटन, उद्योग र स्वरोजगारको विकासका लागि जोड दिँदै राष्ट्रिय औद्योगिक र उत्पादनशील पूँजीवादको विकास गर्दै मुलुकलाई समाजवादतिर जाने कुरामा ध्यान दिनु पर्ने धारणा व्यक्त गरेका छन् ।