समाचार

रौतहटको कटहरिया नगरपालिकाका मेयर कुशवाहा पक्राउ



बैशाख २७, काठमाडौं । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन् ।

हिन्दु युवासंघ विरगञ्जका तत्कालिन अध्यक्ष काशीनाथ तिवारी हत्यामा संलग्न मेयरलाई अदालतको फैसला अनुसार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ । हत्याकाण्डमा मेयर कुशवाहालाई उच्च अदालत जनकपुरले २०७४ फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो ।

कुशवाहले एमाओवादीबाट कटहरियाको मेयरको चुनाव जितेका थिए ।