बैशाख २८, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने राजकिय नेपालको भ्रमणका क्रममा आज जनकपुरमा हजारौं भारतीय नागरिक तथा प्रदेश नं २ का आठ वटै जिल्लाका सर्वसाधारण जनतालाई जनकपुर पुर्याइएको छ ।
आज बिहानैदेखि प्रदेश २ को सरकारले हजारौँको संख्यामा विभिन्न ठाउँबाट सर्वसाधरणहरुलाई जनकपुरमा ओसारेको छ । यो क्रम अझै चलिरहेको छ । नेपाली नागरिक मात्रै नभर्इ भारतको विहारबाट समेत हजारौं नागरिक जनकपुर आइपुगेका छन् । विहारबाटसमेत हजारौँको संख्यामा भारतीयहरुलाई जनकपुर ल्याइएको छ । सर्वसाधारणहरू गाउँगाउँबाट साइकल तथा पैदलै पनि जनकपुर आइरहेका छन्।
जनकपुरको ३ किलोमिटर वरपर ठुला सवारी साधन तथा बाहिरबाट आउने बसहरूलाई रोकिएको छ भने अकाशमा सेनाका हेलिकोप्टरहरुले गस्ती गरिरहेका छन्। चोकचोक र गल्लीमा तैनाथ सुरक्षाकर्मीले कुकुर समेत परिचालन गरिरहेका छन् ।
मोदीले जनकपुर मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेकाले मोदीको स्वागत तथा अभिनन्दन गर्न जनकपुर पुगेका सर्वसाधारणलाई जानकी मन्दिरको प्रवेश गर्न दिइएको छैन ।










प्रतिक्रिया दिनुहोस्