बैशाख २८, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीले जानकी मन्दिर दर्शनका लागि मिलाइदिएकोमा ध्यावाद दिएका छन् ।
जानकी मन्दिर परिषरमा रामायण सर्किटको उद्घाटन कार्यक्रममा मोदीले ओलीले विशेष धन्यावाद दिए । मोदीले आफ्नो जनकपुरमा भएको सम्मान हजारौँ बर्षको दुई देशको इतिहासको सम्मान भएको तर्क गरे । साथै उनले अयोध्या र जनकपुरबीच सुरु हुन लागेको सिधा बस सेवाले करोडौँ यात्रीलाई जोड्ने बताए ।
‘एकादशीको यो अवसरमा माता जानकीको दर्शन गर्न पाँउदा म अत्यन्त खुसी छु । भारतीय प्रधानमन्त्रीको हैसियतले पहिलो पटक माता जानकीको दर्शन गर्न पाउँदा खुसी छु,’ मोदीले अगाडि भने, ‘यसको राम्रो प्रबन्ध मिलाइदिनु भएकोमा ‘मेरा भाइसाप’ प्रधानमन्त्री ‘ओली’ जी, केन्द्र सरकार, राज्य सरकार, नगर सरकार र सबै उपस्थित जनतालाई धन्यवाद दिन चाहन्छु ।’
जवाफमा प्रधानमन्त्री ओलीले जनकपुर मन्दिरको पौराणिकताका बारेमा जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री मोदीबाट जनकपुरको पवित्र भूमिमा आएर अनेक सामाजिक सम्बन्धहरूलाई प्रतिविम्बित गरेको बताए ।
ओलीले नेपाल र भारतबीच ‘जनकपुर–अयोध्या’ बस सेवाको आरम्भ भएको ओलीले बताए । अर्थात रामायण सर्किट सुरु गरेको ओलीले बताए । दुबै प्रधानमन्त्रीले हरियो झण्डाले संकेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्