बैशाख २८, जनकपुर । नेपालको छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको इतिहास नेपालसँग जोडिएकाले नेपाल विना भारतको इतिहास पुरा नहुने वताएका छन् ।
दुई दिने नेपाल भ्रमणको क्रममा रहेका मोदीलाई नागरिक अभिनन्दन गर्ने क्रममा आज जनकपुरमा भएको कार्यक्रममा वोल्दै प्रम मोदीले नेपाल भारतको सम्बन्ध जानकी, लुम्बिनी, पशुपति जस्ता मन्दिरको मन्त्रको बन्धनमा वाधिएको भएको वताएका छन् । उनले माता पनि आस्था पनि, प्रकृति पनि संस्कृति पनि जानकी मन्दिर रहेको बताएका छन् ।
प्रम मोदीले सुख दुख नेपाल भारतको बरावर भएकाले नेपाल भारत एक रथको दुई पांग्रा भएको बताएका छन् । राजनैतिक, कुटनैतिक जस्ता कुराहरुमा अत्यन्तै प्रगाढ भएको बताएका छन् । त्यस्तै कार्यक्रममा वोल्दै नेपालको शान्ति सुरक्षा, समृद्धि, विकासको पक्षमा रहेको र त्यसको निम्ती जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । नेपाल विना भरतको कुनै अर्थ नरहने भन्दै मोदीले भने नेपाल भारतको स्वभिमान सगरमाथा भन्दा उच्च रहेको बताएका छन् ।
प्रम मोदीले नेपालको दुख सुखमा सवभन्दा पहिले आउने जसको लागि नेपाललाई विकसित मुलुक भएको हेर्न चाहेको र त्यसको निम्ती भारतको सम्पूर्ण सहयोग हुने बताएका छन् । नेपालको जनादेशलाई मान्न पर्ने बताउँदै इतिहासमा सात प्रान्तीय सरकार वन्नु नै इतिहासकै ठूलो विकास भएको बताएका छन् । नेपाल आर्थिक, सामाजिक, सुसाशन उल्लेख्य रुपमा फड्को मार्ने आशा लिएको बताएका छन् ।
मोदीले नेपालमा रेल, हावाई, जलमार्ग, विद्युतबाट जोड्ने प्रतिवद्धता जनाएका छन् । प्रम मोदीले विकासको मुख्य कार्य भनेको नै प्रविधिको विकास हुनु पर्ने भन्दै त्यसको लागि भारत सहयोग गर्न तयार रहेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्