समाचार

मोदीका अगाडि मुख्यमन्त्री लालबाबुले गरे यस्तो बेइज्जत



बैशाख २८, जनकपुर । प्रदेश नं. २ का मुख्यमन्त्री लालवाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा भएको अभिनन्दन कार्यक्रममा वोल्दै संविधान विभेदकारी भएको र त्यसको लागि संघर्ष निरन्तर रहेको विवादस्पद अभिव्यक्ति दिएका छन् ।

मुख्यमन्त्री राउतले भारत सरकारबाट आर्थिक सामाजिक सांस्कृतिक सहयोगको अपेक्षा गरेको बताएका छन् । राउतले मोदीका अगाडि धेरैजसो मधेसी जनता गरिब रहेकाले प्रदेश २ ले विकासका लागि भारतको आह गरेका बताएका थिए ।

उनले मोदीले तेस्रो पटकको नेपाल भ्रमण जनकपुरबाट प्रारम्भ गरी सद्भाव प्रकट गरेको भन्दै आभार व्यक्त गरे ।