राजनीति

मोदीको रत्नपार्कमा विरोध : क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ पक्राउ



बैशाख २९, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको रत्नपार्कमा विरोध सभा नै आयोजना गरेको आरोपमा उनीहरुलाई दिउँसो नियन्त्रणमा लिइएको हो ।

गजुरेलसहित पक्राउ परेका २९ जनालाई परिसरको हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा २४ पुरुष र ५ महिला रहेका छन् । मोदी विरोधी गतिविधि नियन्त्रण गर्ने भन्ने आदेशअनुसार उनीहरुलाई नियन्त्रण लिइएको परिसरले जनाएको छ ।