स्वास्थ्य

मेवा खानुका फाइदै फाइदा



 बैशाख ३०, काठमाडौँ । गर्मी मौसममा मेवाको सेवन अमृत समान हुन्छ । मेवामा भिटमनि ए पाइनुको साथै यसमा पोटासियम तथा क्याल्सियम तत्व पाइन्छ ।

– मेवामा भिटामिन बी पनि पर्याप्त पाइन्छ ।

– शरीरमा फोलिक एसिड, तथा भिटामिन बी कमी हुन दिँदैन ।

– यसमा फाइबर पाइने भएकाले कब्जियत पाचन प्रक्रिया सम्बन्धि समस्या आउन दिदैन ।

– मेवाले कलेजोलाई स्वस्थ राख्नुका साथै छालालाई पनि सुन्दर तथा स्वस्थ राख्न मद्दत गर्छ ।

–  मेवाको बियाँ पिँधेर घाउमा लगाउँदा घाउमा थप संक्रमण हुन दिदैन र घाउ छिटै निको हुन्छ । बियामा  जिवाणु प्रतिरोधी गुण हुन्छ ।

–  मेवाले आँखा तेजिलो र रगतलाई सफा पनि बनाउँछ ।

– मेवा जन्डिसका बिरामीले सेवन राम्रो हुन्छ साथै यसले कलेजोलाई क्रियाशील बनाउन मद्दत पनि गर्छ ।