वैशाख ३१, काठमाडौं । प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।
सिनामंगलको केएमसी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । सोमबार मष्तिस्कघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उनको पार्थिव शरीरलाई दिउँसो साढे २ बजेदेखिअन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्