समाचार

        म्यान्चेस्टर सिटीको शानदार जित



जेठ १, एजेन्सी । इङलिस प्रिमियर लिग च्याम्पियनमा शानदार खेल प्रदर्शन गर्दै सिजनको सुखद अन्त्य गरेको सिटीले शहरी प्रतिद्धन्दी म्यानचेस्टर युनाइटेडलाइ १९ अंक्ले पछि पार्दै लिग उपाधि जितेको थियो ।

खुशीयाली मनाउन झण्डै एक लाख समर्थक उपस्थित भएका थिए । भिक्टोरिया स्ट्रिट हुँदै अघि बढेको परेड म्यानचेस्टर सिटी सेन्टरमा गएर विषेश कार्यक्रममा परिणत भएको थियो । ओपन टप बसमा रहेका सिटीका खेलाडीले  लिग कपको उपाधि पनि सार्वजनिक गरेका थिए ।