Banner News

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता : औपचारीक घोषणा सम्पन्न



जेष्ठ ३, काठमाडौं । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकिकरण भएपश्चात आज औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएसँगै औपचारिक रुपमा पार्टी घोषणा गरेका छन् ।

दुई पार्टी एकता भएपश्चात आजदेखि नै एमाले र माओवादी पूर्ण रुपमा विघटन भएको छ । निर्वाचन आयोगमा दल दर्ता गर्नको निम्ती नेपाका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, रामबहादुर थापा, इश्वर पोखरेल, सुवास चन्द्र नेम्वाङ्ग, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थितीमा दल दर्ता गरेका थिए । विघटन भएसँगै आगामी दिनमा एमाले र माओवादीको जुनसुकै मुल्य मान्यता, सम्पत्ती सम्पूर्ण नेकपामा परिणात गरिएको छ ।

पार्टी विघटन सँगै नयाँ पार्टीको ४४१ जना नेताले सपथग्रहण गरेका छन् ।